Experiences

Poems

हुनत म लेख कबिता लेखी रहने मान्छे होइन । जब मलाई कुनै कुराले मन भित्र छुन्छ त्यहि एउटै कुरा मनमा घरी घरी आइरहन्छ तब मलाई त्यो कुराले लेख्न बाध्य गराउछ । हुनत मैले लकडाउन भन्दा अगाडि यस्ता कुरा मनमा आए पनि कहिले लेख्ने गरीन । सायद लकडाउनको नौलौ परिस्थीति र केहि फुर्सदको समय भएर होला आजकल मैले पनि लेख्ने थालेको छु । 

मलाई भने कन्जुस बनायो 28 Apr 2020

मेरि सानी रयास्पबेरी 25 May2020

Art and Culture

हामी पूर्ब देखि पश्चिममा बसेका नेपालीहरु ले आफनो कला र सस्कृति लाइ आफनो भाषा, पहिरन, धर्म, कला, खानपिन, चाड पर्ब, उत्सब, नाच, गान, चाल, चलन, जन्म, भरण पोषण, मृत्यू सस्कांर मार्फत झल्काइ रहेका छौ । यी सबै कुरा हामीले आफनो आमा बुबा, पिता पुर्खा वा अग्रजबाट सिकदै आइ रहेका छौ । तर समय र अहिलेको गतिशिल परिस्थितिले गर्दा सबैले सबै कुरा सिकेको हुदैन । मैले आफनो अग्रजहरु बाट या कामको शिलशिलामा अरु ठाउ गएको बेला देखेको वा अरुबाट सिकेको केही कुरा यहा बताउदै छु ।

गाउघरमै पाइने चिजहरुले बनाएको सामानहरु

टुन्गना (Tungana)

उमेर बोल्छ

मानिस जन्मे देखि मृत्यू सम्मको बिकास क्रममा बिभिन्न चरण पार गरेको हुन्छ । यहि बिकासको चरणलाई हामिले शिशु अवस्था, किशोरावस्था, बयस्क अवस्था तथा बृध्दावस्था भन्दछौ । सबैले बिभिन्न चरणमा तितो मिठो भोगाइ भोगेको हुन्छ । यहि भोगाइ अथवा अनुभव संग उ रमाइ रहेको हुन्छ उस्को जिवन गासिएको हुन्छ । यहा मलाइ बिभिन्न उमेरका ब्यक्तिहरुको तिता मिठा अनुभब राख्न मन लाग्यो । हुनसक्छ कसैलाइ रोचक लाग्न सक्छ ।

डल्ली बुडी

उमेरले ७० छेउछाउ पुगेकी डल्ली बुडी सधै ज्याला मजदुरी गर्ननै ब्यस्त हुन्छिन । हुनत उस्को नाम कान्छी रे तर गाउमा उनी डल्ली बुडी भनेरनै प्रख्यात छिन । आफनु उमेर र जिउले धानि नसक्ने भारि बोकेर गुजारा चलाउछिन । घरमा श्रीमान छोराछोरी पनि छन । हेर्ने हो भने उस्लाइ त्यो भारी बोक्न कठिननै हुन्छ तर उस्ले हासि हासि भारी बोकी गुजारा चलाइ रहेकी छिन । हाम्रो समाजमा अनेकौ यस्तो ब्यक्तिहरुको नलेखिएको कथाहरु छन जस्ले जिन्दगी भर दुखैमात्र भोगे पनि सधै हासिरहेको देखिन्छ । उस्को यो मिहिनेत र परिश्रमलाइ सलाम गर्नु चाहान्छु । उस्लाइ हेरेर आफनू सबै थकान दुख आफै मेटिन्छ ।


dav
dav
Create your website with WordPress.com
Get started
%d bloggers like this: